Logo

होवार्टको जितमा सन्दिपको २ विकेट

ई-खेलकुद २०७८ पुस २९ , बिहीबार ०२:०१ मा प्रकाशित

काठमाडौं । अष्ट्रेलियन बिग बास क्रिकेट लिगमा होवार्ट हरिकेन्सले छैटौ जित दर्ता गरेको छ । आज भएको खेलमा सिड्नी थन्डर्सलाई ९ रनले हराउँदै होवार्टले सेमिफाइनल प्रबेशको संभावना कायमै राखेको हो । जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नीले ९ विकेट गुमाएर १ सय ६८ रनमात्र बनाउन सक्यो । एलेक्स हेल्सले ३८, कप्तान जेसन साङघाले ३१ र नाथन म्याकएन्ड्रयुले ३० रन बनाएपनि सिड्नीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । होबार्टका रिली मेरिडिथ र जोर्डन थोम्पसनले समान २ तथा सन्दिप लामिछानेले २ विकेट लिए । सन्दिपले आफ्नो स्पेलमा २६ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका हुन् ।
यअघि पहिले ब्याटिङमा उत्रिएको होवार्टले ६ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार पारेको थियो । कप्तान म्याथु वेडले अबिजित ८३ रन बनाएको होवार्टको ईनिङसमा कावेल जेवेलले ५१ रनको योगदान गरे । सिड्नीका गुरिन्दर सान्धुले सर्वाधिक २ विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?