Logo

सेमिफाइनल पुग्ने टोलीको टुंगो भोली नै लाग्ने संभावना

ई-खेलकुद २०७८ फागुन ६ , शुक्रबार ०८:०२ मा प्रकाशित

काठमाडौं । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल पुग्ने टोलीको टुंगो भोलीनै लाग्ने संभावना छ । भोली नेपाल र फिलिपिन्स तथा क्यानडा र ओमान प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले फिलिपिन्स र क्यानडाले आयोजक ओमानलाई हराए नेपाल र क्यानडा एक खेल अगावै प्रतियोगीताको अन्तिम चारमा पुग्नेछन् । नेपालले तुलनात्मक रुपमा कमजोर टोली फिलिपिन्सलाई हराउने संभावना उच्च रहेपनि क्यानडाले घरेलु टोलीलाई हराउन केहि संर्घष भने गर्नुपर्नेछ । यद्यपी पहिलो खेलमा गरेको उत्कृष्ट प्रर्दशनपछि हौसिएको क्यानडा पनि आफ्नो लक्ष्यमा पुग्न प्रयासरत हुनेछ ।

मुख्य खेलाडीहरु चोटका कारण टोलीमा नहुँदा ओमानको लय धर्मराएको छ । त्यसको फाइदा पनि क्यानडाले उठाउन सक्छ । ओमानको तुलानामा क्यानेडाली टोलीमा निक्कै अनुभबी खेलाडी रहेका छन् । विश्वकपको अनुभव समेत लिइसकेको टोली अनुभव र क्षमताका हिसाबले पनि बलियो छ ।

भोलीको खेलमा क्यानडाले ओमानलाई हराए नेपालपनि अन्तिम खेलमा दबाव रहित हुनेछ । त्यसका लागि फिलिपिन्सलाई हराउनै पर्ने बाध्यता भने नेपालसामु रहेको छ । क्यानडाविरुद्व ओमान विजयी भए सेमिफाइनल पुग्ने टोलीको टुंगो अन्तिम चरणका खेलबाट लाग्नेछ ।
समूहचरणका अन्तिम खेलमा नेपाल र क्यानडा तथा ओमान र फिलिपिन्स प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?