Logo

साकिब अल हसनमाथी तीन खेलको प्रतिबन्ध

ई-खेलकुद २०७८ जेठ २९ , शनिबार ०८:०६ मा प्रकाशित

एजेन्सी । बंगलादेशका अलराउण्डर साकिब अल हसन कारबाहिमा परेका छन् । खेल भावना बिपरितको गतिबिधि गरेको भन्दै हसनमाथी तीन खेलको प्रतिबन्ध र ५ लाख टाका जरिवाना भएको हो ।
बंगलादेशमा जारी ढाका प्रिमियर लिगका क्रममा उनले स्टाम्पलाई खुट्टाले हान्दै उखालेर फालेका थिए । बंगलादेश क्रिकेट बोर्ड बिसीबीले आज सो कारबाहि गर्ने जनाएको हो । ढाका प्रिमियर लिगमा हसनले मोहम्मदान स्पोटिङ क्लबबाट खेलिरहेका छन् । टोलीका कप्तान समेत रहेका हसनले अबाहानी लिमिटेडविरुद्ध अम्यायारले आउट नदिएपछि सो प्रतिक्रिया जनाएका थिए ।
सो घटना सार्बजनिक भएसंगै उनको चौतर्फि आलोचना भईरहेको छ । घटनामा आफुले गलत गरेको भन्दै स्वयम हसनले समेत आत्मालोचना गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?