Logo

समूहचरणमा नेपाल अपराजित,उपाधिका लागि पीएनजीसँग खेल्ने

ई-खेलकुद २०७८ चैत्र १९ , शनिबार ०३:०४ मा प्रकाशित

काठमाडौं । घरेलु टोली नेपाल समूहचरणमा अपराजित रहँदै त्रिदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा मलेसीयालाई ८५ रनले हराउँदै नेपाल अपराजित रहन सफल बनेको हो । नेपालले अब पपुवा न्यु गिनी पीएनजीसँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
नेपालले दिएको २ सय २४ रनको उच्च लक्ष्य पछ्याउने क्रममा मलेसीया १९ दशमलव ५ ओभरमा १ सय ३८ रनमा समेटियो । भिरनदिप सिंहले सर्बाधिक ४७ रन बनाएको मलेसीयाको ईनिङसमा कप्तान अहमद फैजले ३३ र सेइद अजिजले १७ रन बनाए । अनोल हाफिजले १८ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले समान २ विकेट लिए । कुशल भुर्तेल र रोहित कुमार पौडेलले समान एक विकेट हात पारे । मलेसीयाका १ ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ५ विकेट गुएर २ सय २३ रनको उच्च योगफल तयार पारेको थियो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले शतकिय र रोहितकुमार पौडेलले अर्धशतकिय पारि खेले । दिपेन्द्र १ सय १० रनमा अबिजित रहँदा पौडेलले ५१ रन बनाए । ५७ बल खेलेका दिपेन्द्रले १० चौका र ६ छक्का प्रहार गरे । टी–ट्वान्टी अन्तराष्ट्रियमा दिपेन्द्रको यो पहिलो शतक हो । दिपेन्द्र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने नेपालका चौथो नेपाली क्रिकेटर समेत बनेका छन् । रोहितले पनि टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका हुन् । ३४ बल खेलेका रोहितले ५ चौकाको मद्दतमा ५१ रन बनाएका हुन् । आसिफ शेखले १८, आदिल आलमले १४ र कुशल भुर्तेलले १२ रन बनाए । मलेसियाका मुहमद वाफिक, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहमद अमिरले समान एक विकेट लिए । आदिल अन्तिम बलमा रनआउट भएका थिए ।
सिरिजका ४ खेलमा अपराजित रहँदै नेपाल ८ अंकमा तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । समान २ अंक भएपनि नेटरनरेटमा मलेसीयालाई पछि पार्दै पीएनजी फाइनलमा पुगेको हो । नेपालसँगको दुबै खेल गुमाएका यी टोलीले एकले अर्कालाई एक एक खेलमा हराएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?