Logo

सन्दिप दिल्लीको फेसबुक पेज प्रमोटर मात्रै हुन ?

ई-खेलकुद २०७७ असोज ९ , शुक्रबार ०३:०९ मा प्रकाशित

एजेन्सी । करियरकै उत्कृष्ट लयमा रहेका नेपाली लेगस्पिनर सन्दिप लामिछाने यतिबेला ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल खेल्न युएईमा रहेका छन् । लगातार तेस्रो पटक आईपीएल खेलिरहेका सन्दिपको टोली दिल्ली क्यापिटल्सले सिजनको पहिलो खेलमा पनि उनलाई प्लेईङ सेटमा राखेन् । आजको खेलमा पनि उनले मौका पाउने संभावना न्युन छ । भर्खरै क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रर्दशन गरी फर्किएका सन्दिपले यो सिजन आईपीएलमा धेरै खेलमा मौका पाउने धेरैको अपेक्षा थियो । तर टोलीले उनलाई बेञ्चमै सिमित राख्दा आम समर्थक निक्कै निराश बनेका छन् । स्पिनमैत्री युएईको पिचमा सन्दिप टोलीको पहिलो रोजाईमा नपार्दा धेरै बिश्लेषकहरुले पनि त्यसमा प्रतिक्रिया दिएका छन् । सन्दिपका समर्थकले भने दिल्लीले आफ्नो सामाजिक सञ्जाललाई हुक गर्न सन्दिपलाई प्रयोग गरेको आरोप लगाएका छन् । सिपिएलमा १० ईनिङसमा १२ विकेट लिएका उनले ५ दशमलव २७ को औषतले बल फ्यालेका थिए । सिपिएलमा ८ रन खर्चिएर २ विकेट लिएका सन्दिपले प्रतियोगीताभर एक मेडन समेत राखेका थिए ।
ट्वान्टी २० क्रिकेटमा यो निक्कै राम्रो बलिङ फिगर हो । तर दिल्ली क्यापिटल्सले यो सिजनपनि अघिल्ला संस्करण जस्तै सन्दिपलाई सिमित खेलमा मात्र मैदान उतार्ने निश्चित भएको छ ।
किन सन्दिपले प्लेईङ सेटमा मौका पाउदैनन्, केहि कारण यस्तो छ
१. चार विदेशी खेलाडीको सिमा :
आईपीएलमा हरेक टोलीले एक खेलमा ४ विदेशी खेलाडीलाई मात्र मैदान उतार्न पाउने प्राबधान छ । सन्दिपआबद्ध दिल्ली क्यापिटल्समा उनीसंगै कासीगो रावाडा, मार्कुस स्टोईनिस, सिमरोन हेटमेर,एनरिक नोर्किया, डानियल साम्स, एलेक्स केरी लगायतका खेलाडी रहेका छन् । रावाडा, स्टोईनिस, हेटमेर र नोर्किया उत्कृष्ट फर्ममा रहेकाले दिल्लीले यीनै खेलाडीलाई पहिलो प्राथमिकता दिने निश्चित छ । सन्दिपलाई टोलीमा राख्दा नोर्कियालाई बाहिर राखेर एकजना फाष्ट बलर टोलीमा राख्नुपर्ने हुन्छ । ईशान्त शर्मा ढाडको समस्याका कारण मैदान उत्रने संभावना न्युन रहेकाले रावाडा र स्टोईनिसले फास्ट बलरको मोर्चा सम्हाल्नेछन् । भारतीय २ स्पिनर रबिचन्द्र आश्विन र अमित मिश्रापनि रहेकाले उनीहरुलाई पनि प्रतिस्थापन गरेर अघि आउन सन्दिपलाई निक्कै कठिन देखिएको छ ।
२. मुल्यको प्रभाव :
सन्दिप आईपीएल खेल्ने सबैभन्दा न्युन मुल्यका खेलाडी हुन् । दिल्लीले अन्य विदेशी खेलाडीलाई करौडौ मुल्य तिरेर टोलीमा अनुबन्धन गरेको छ । लगातार तेस्रो सिजन २० लाख रुपैयामा अनुबन्धन गरेको सन्दिपलाई प्लेईङ सेटमा राखेर करौडौ मुल्य तिरेका खेलाडीलाई बेन्चमा राख्ने पक्षमा दिल्लीको ब्यबस्थापन रहेको छैन् । दिल्लीले मार्कुस स्टोईनिसलाई ४ दशमलव ८ करोड भारु खर्चिएको छ । रावाडालाई ४ दशमलव २ करोड र नार्कियालाई ५० लाख भारु खर्चिएको छ । भारतीय खेलाडी अमित मिश्रालाई ४ करोड, अक्सर पटेललाई ५ करोड, एलेक्स केरीले २ दशमलव ४ करोड र रबिचन्द्र आश्विनलाई ७ दशमलव ६ करोड भारु खर्चिएको छ । उनका प्रतिद्धन्दी खेलाडीमाथीको मुल्यले पनि सन्दिपलाई मौका दिने अवस्थाबाट दिल्ली टाढिदै गएको हो ।
३. सन्दिप अझै परिक्षाकै घडीमा :
दिल्लीको ब्यवस्थापन सन्दिपको पछिल्ला प्रर्दशनबारे जानकार भएपनि उनलाई परिक्षाकै अवस्थामा राखेको छ । सुरुवाती २ सिजन उनलाई अनुभवका हिसावले स्थान नदिएको बताएको दिल्लीको ब्यवस्थापनले अहिले पनि उनलाई त्यहि रुपमा लिएको पाईन्छ । पहिलो सिजन ३ खेलमा ५ विकेट लिएका सन्दिपले दोस्रो सिजन ६ खेलमा ८ विकेट हात पारेका थिए । टोलीको कम्बीनेशनका लागि दिल्लीसंग धेरै विकल्प रहेकाले जोखीम मोल्ने पक्षमा दिल्ली नरहेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?