Logo

लिग टु को नयाँ तालिका सार्बजनिक, नेपाल मार्च तेस्रो साता ओमान जाने

ई-खेलकुद २०७७ पुस १ , बुधबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग टुको नयाँ तालिका सार्बजनिक भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले जारी गरेको नयाँ तालिका अनुसार लिग टुको पहिलो सिरिजको रुपमा मार्च १९ बाट ओमान, नेपाल र अमेरिकाको सिरिज हुनेछ । ओमानमा हुने त्रिकोणात्मक सिरिज मार्च २८ सम्म चल्नेछ ।
कोरोना माहामारीको कारण प्रभावित भएका खेललाई आईसीसीले नयाँ तालिकामा गराउन लागेको हो । त्यसपछि नेपालले जुलाईमा स्कटल्याण्डको भ्रमण गर्नेछ । घरेलु टोली र नामिबिया सम्मिलित सिरिजपछि सन् २०२२ को फेब्रुअरीमा नेपालले पिएनजी र युएईसंग घरेलु मैदानमा खेल्नेछ । सन् २०२२ को जुलाईमा नेपाल अमेरिकाको भ्रमणमा निस्कने छ । सो क्रममा नेपाल ओमान र अमेरिकाबिच त्रिकोणात्मक सिरिज हुनेछ ।
सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म पीएनजीमा नेपालले युएई सम्मिलित सिरिज खेल्नेछ । सन् २०२३ मा समेत नेपालले नामिबिया र स्कटल्याण्डलाई घरमा स्वागत गर्नेछ ।
लिग २ को अन्तिम सिरिज भने सन् २०२३ को फेब्रुअरीमा हुनेछ । जहा नेपालले युएई र पीएनजीसंगै युएईको मैदानमा खेल्नेछ । लिग २ का २१ त्रिकोणात्मक सिरिज पछि शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसंग विश्वकप छनोटको प्लेअफ खेल्नु पर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?