Logo

ललितपुर मेयर ११ टोलीको घोषणा

ई-खेलकुद २०७७ चैत्र १४ , शनिबार ०२:०३ मा प्रकाशित

काठमाण्डौ । आसन्न ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताका लागि घरेलु टोली ललितपुर मेयर–११ ले आफ्नो टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयरको टिम घोषणा गरेको हो । १४ सदस्सीय टोलीमा कविता गौतम, विमला मगर, सुमन खतिवडा, आरती बिडारी, मेनुका बस्नेत र अलिशा लामिछाने रहेकी छिन् । यस्तै अनुराधा चौधरी, शोभा आले, बिन्दु कटवाल, कन्चन श्रेष्ठ, अश्मिना कर्माचार्य, सृष्टि पौडेल र निशा पराजुली रहेकी छिन् ।
पहिलो संस्करणको ललितपुर मेयर्स कप चैत २१ देखि २८ गतेसम्म आयोजना हुनेछ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने प्रतियोगीताको उद्घाटन खेलमा विभागीय टिम एपीएफ क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?