Logo

मेयर कप महिला क्रिकेटको उद्घाटन खेलमा एपीएफ र प्रदेश एक भिड्ने

ई-खेलकुद २०७७ चैत्र ९ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाण्डौ । ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल एपीएफ र प्रदेश एक भिड्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार चैत २१ गते हुने उद्घाटन खेलमा यी दुई टोली प्रतिस्पर्धामा उत्रनेछन् । प्रतियोगीताको उद्घाटन खेल किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुनेछ । सोहि दिन हुने अर्को खेलमा सुदूरपश्चिम प्रदेश र ललितपुर मेयर्स–११ ऋामने सामने हुनेछन् ।
चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । टि–२० फर्मेटको प्रतियोगीता राउण्ड रोबिन लिगका आधारमा चल्नेछ । प्रतियोगिताको विजेताले ३ र उपविजेताले १ लाख ५० हजार पाउने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?