Logo

बाबर अजामले न्युजिल्याण्डबिरुद्धको पहिलो टेष्ट गुमाउने

ई-खेलकुद २०७७ पुस ६ , सोमबार ०३:१२ मा प्रकाशित

एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर अजामले न्युजिल्याण्डबिरुद्धको पहिलो टेष्ट क्रिकेट गुमाउने भएका छन् । अजामले चोटका कारण डिसेम्बर २६ वाट सुरु हुने टेष्ट गुमाउने भएका हुन् । गत साता दहिने हातको औलामा लागेको चोट प्लस्टर गरेकाले उनलाई केहि समय आराम दिईएको पाकिस्तान क्रिकेट बोर्ड पिसिबीले जनाएको छ ।
किबिज टोलीसंगको टि–२० सिरिजका क्रममा उनले चोट बोकेका थिए । मेडिकल परिक्षणपछि औलामा ठुलो समस्या देखिएपछि उनको औला प्लस्टर गरिएको हो । चोट बोकेसंगै उनले टोलीको अभ्यास पनि गर्न पाएका छैनन् । त्यस्तै टोलीका अर्का भरपर्दा खेलाडी ईमाम उल हकपनि पहिलो टेष्टमा उपलब्ध नहुने भएका छन् । उनीपनि चोटग्रस्त छन् । नियमित कप्तानको अनुपस्थितीमा पाकिस्तानी टोलीको कमानी महम्मद रिजवानले गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?