Logo

बाग्मती प्रदेशबिरुद्ध पुलिसको नाटकिय जित

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०३:०३ मा प्रकाशित

काठमाण्डौ । काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटमा नेपाल पुलिसले नाटकिय जित निकालेको छ । आज भएको रोमाञ्चक खेलमा बाग्मती प्रदेशलाई २ रनले हराउदै पुलिसले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो ।
पुलिसले दिएको ७३ रनको झिनो चुनौतीका साथ जवाफि ब्याटिङमा उत्रिएको बाग्मती प्रदेश २७ दशमलव २ ओभरमा ७० रनमा अलआउट भयो । अन्तिम ३ ओभरमा बाग्मतीले ३ विकेट गुमाएपनि जितका लागि आवश्यक ७ रन जोड्न सकेन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्बाधिक २२ रन बनाएको बाग्मतीको ईनिङसमा आदिल खानले १० रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बाग्मतीको ईनिङस ध्वस्त पार्न पुलिसका दिपेन्द्रसिंह ऐरीले ४ विकेट हात पारे । ललितनारायण राजवंशीले ३, सागर ढकालले २ तथा रासिद खानले एक विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५ ओभर २ बलमा ७२ रनमा समेटिएको थियो । मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाएको पुलिसको ईनिङसमा सुनिल धमला, अनिल शाह र दिलिप नाथले समान १० रन बनाए ।
पुलिसलाई झिनो स्कोरमा समेट्न अरियो पौडेलले ४ विकेट लिए । नन्दन यादवले ३ तथा सोनु देवकोटाले १ विकेट लिए । ओसिलो पिचका कारण ढिला सुरु भएको खेल ३८ ओभरमा छोट्याईएको थियो ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?