Logo

बागमतीविरुद्व एपीएफको शानदार जित

ई-खेलकुद २०७८ पुस २७ , मंगलबार ०४:०१ मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल एपीएफले पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । बलियो टोली बागमती प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ समूहको शीर्ष स्थानमा पुगेको हो । किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले ८ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो । एपीएफलाई शानदार जित दिलाउन लोकेश बमले अर्धशतकिय ईनिङस खेले । उनले ५० रन बनाए । प्रदिप ऐरी ३६ रनमा नटआउट रहे । बागमतीका लागि प्रतिस जिसी, रामनरेश गिरी र रिजन ढकालले एक–एक विकेट लिए । ्
यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ८ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । इशान पाण्डेले सर्वाधिक २९ रन बनाएको बागमतीको ईनिङसमा नन्दन यादवले २४, सुवास खकुरेलले २१ र आदिल खान १९ रन बनाए । एपीएफका अविनास बोहराले चार विकेट लिए । कमलसिंह ऐरीले दुई विकेट हात पारे । शरद भेषावकर र किशोर महतोको नाममा एक एक विकेट रह्यो । यसअघि एपीएफले प्रदेश २ लाई २४ रनको पराजित गरेको थियो । पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको बागमतीको भने यो पहिलो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?