Logo

फाईनल पुग्न दिल्लीलाई मुम्बईले दियो २ सय १ रनको लक्ष्य

ई-खेलकुद २०७७ कात्तिक २० , बिहीबार ०९:११ मा प्रकाशित

एजेन्सी । ईण्डियन प्रिमियर लिग क्रिकेट आर्यपीएको पहिलो क्वालिफायरमा मुम्बई ईण्डियन्सले दिल्ली क्यापिटल्ससामु २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको दिल्लीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर २ सय रनको उच्च योगफल तयार पारेको हो ।
ईशान किशानले अबिजित ५५ रन बनाएको मुम्बईको ईनिङसमा सुर्यकुमार यादवले ५१ र क्विन्टन डि ककले ४० रन बनाए । क्रुनल पाण्डेयाले १३ रन जोडे । बिष्फोटक ब्याटिङ गरेका हार्दिक पाण्डेयाले १४ बलमा अबिजित ३७ रन प्रहार गरे ।
दिल्लीका रबिचन्द्रन आश्विनले ३ तथा एनरिच नोर्टजे र मार्कुस स्टोईनिसले समान एक विकेट लिए ।
आजको विजेताले फाईनलमा स्थान सुरक्षित गर्नेछ । पराजित टोलीले फाईनल प्रबेशका लागि ईलिमिनेटर खेलको विजेतासंग पुन प्रतिस्पर्धा गर्नेछ । ईलिमिनेटर खेलमा भोली सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङलोर प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?