Logo

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको दोस्रो जित

ई-खेलकुद २०७७ माघ १० , शनिबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगीतामा दोस्रो जित हात पारेको छ । आफ्नो तेस्रो खेलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेट हराउदै लुम्बिनीले सेमिफाईनल प्रबेशको संभावना कायमै राखेको हो । सुदुरपश्चिमले दिएको ६३ रनको झिनो चुनौती लुम्बिनीले १४ दशमलव ५ ओभरमा ४ बिकेट गुमाएर पुरा गर्यो । उसको जितमा सौरभ खनालले अबिजित १८ र प्रकाश केसीले १७ रनको योगदान गरे । कप्तान कृष्ण कार्कीले १५ रन बनाए ।
सुदुरपश्चिमका शेर मल्लले २ तथा बिनोद लामाले एक विकेट लिए । लुम्बिनीका एक बयाट्सम्यान रनआउट भएका थिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको सुदुरपश्चिम २७ दशमलव ४ ओभरमा ६२ रनमा समेटिएको थियो । नारायण जोशीले सर्बाधिक १७ रन बनाएको उसको ईनिङसमा सन्तोष भट्टले ११ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
लुम्बिनीका कृष्ण कार्कीले ४ तथा बिक्रम भुषाल र अनिल खरेलले समान २ विकेट लिए । दिपेन्द्र रावत र सन्दिप सुनारको नाममा एक विकेट रह्यो ।
जारी प्रतियोगीतामा सुदुरपश्चिमको यो तेस्रो हार हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?