Logo

पुबुदु भैरहवाको मुख्य प्रशिक्षक

ई-खेलकुद २०७८ साउन २८ , बिहीबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीका पुर्ब प्रशिक्षक पुबुदु दशानायके भैरहवा ग्लाडीएटर्सको मुख्य प्रशिक्षक बन्ने भएका छन् । आसन्न एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट प्रतियोगीताका लागि भैरहवाले दशानायकेलाई निरन्तरता दिएको हो ।
भैरहवाले आज एक विज्ञप्ती जारी गर्दै मुख्य प्रशिक्षकमा पुबुदुलाई निरन्तरता दिईएको जनाएको हो । उनलाई भैरहवाले गत वर्ष नै मुख्य प्रशिक्षक चयन गरेको थियो । अघिल्लो सिजन कोरोनाका कारण प्रतियोगिता नभएपछि यसपटक पनि उनैलाई प्रशिक्षकको जिम्मा दिईएको भैरहवाले जनाएको छ ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?