Logo

पीएम कपमा आर्मी र पुलिसको विजयी सुरुवात

ई-खेलकुद २०७८ पुस २६ , सोमबार ०४:०१ मा प्रकाशित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गरेका छन् । आज भएका खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ तथा पुलिसले सुदुरपश्चिम प्रदेशलाई २ रनले पराजित गरे ।

किर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आर्मीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १४ दशमलब ४ ओभरमा ५३ रनमा समेटियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले ४ तथा सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबको नाममा एक एक विकेट रह्यो ।

यसअघि त्रिवी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोडेको थियो । कप्तान विनोद भण्डारीले सर्बाधिक २९ रन बनाएको आर्मीको ईनिङसमा हरि चौहानले २० तथा रोहित पौडेल र कुशल मल्लले समान १० रन बनाए । कर्णालीका प्रकाश जैशीले ३ तथा अनुज चुनराले २ विकेट लिए ।
मुलपानी क्रिकेट मेदानमा भएको खेलमा पुलिसले सुदुरपश्चिम प्रदेशविरुद्व २ रनको रोमाञ्चक जित दर्ता गर्यो । पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा सुदुरपश्चिमले ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । सुदुरपश्चिमका लागि जगेन्द्र बोहराले २७ रन जोडे । नारायण जोशीले २२ रन जोड्दा खडक बोहरा १३ रनमा आउट भए । पुलिसका आरिफ शेखले ४ विकेट लिए । दिपेन्द्र सिंह ऐरी, करण केसी र पवन सर्राफले समान १ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ८ विकेट गुमाएर ९३ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक २१ रन जोडे । यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए । सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले समान ३ तथा शेर मल्लले २ विकेट लिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?