Logo

नेपाली बलर चम्किदा ओमान ८७ रनमा रोकियो !

ई-खेलकुद २०७८ फागुन १२ , बिहीबार ०५:०२ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानको प्रतिस्पर्धामा ओमानले नेपालसामु ८८ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८७ रन बनाएको हो । सुरुवातबाटनै नेपाली बलर हाबी भएको खेलमा ओमानका कुनै पनि ब्याट्सम्यानले ठुलो रन बनाउन सकेनन् । कप्तान जेस्हान मक्सुदले बनाएको २१ रननै उसको ईङसको सर्बाधिक स्कोर रह्यो । आयान खानले १६ र नासिम खुशीले १५ रन बनाए । केलेमुल्लाह १४ रनमा अबिजित रहे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सन्दिप लामिछानेले ३, तथा कमलसिंह ऐरी, अबिनाश बोहोरा, सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिए । ओमानका २ ब्याट्सम्यान रन आउट भएका थिए ।
यसअघि ओमानमै भएको चारदेशीय सिरिज र ग्लोबल छनोटको खेलमा नेपालले ओमानलाई सहजै हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?