Logo

नेपालले घरेलु मैदानमा नामिबियासंग वन डे सिरिज खेल्ने

ई-खेलकुद २०७७ चैत्र २९ , आईतबार ०९:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग घरेलु मैदानमा एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एक विज्ञप्ती जारी गर्दै वन डे सिरिज खेल्नेसंगै अन्य थप निर्णय सार्बजनिक गरेको हो । मुलपानीस्थित क्यानको मुख्यालयमा बसेको बैठकले आगामी मे तेस्रो साता सो सिरिज गर्ने निर्णय गरेको हो । सिरिजको यकिन मिती भने तय गरिएको छैन् ।
बैठकले अप्रिल अन्तिम साता राष्ट्रिय महिला टोली र भारतको उत्तराखण्ड महिला टोलीबिच मैत्रीपुर्ण खेल गराउने निर्णय पनि गरेको छ । त्यस्तै बैठकले आसन्न उमेर समुहका प्रतियोगीताका लागि व्यापारिक सम्झौता गर्ने निर्णय पनि गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?