Logo

कोरोना सक्रमणका कारण लिग टुको अर्को सिरिज पनि स्थगीत

ई-खेलकुद २०७७ साउन ९ , शुक्रबार ०७:०७ मा प्रकाशित

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले विश्वकप क्रिकेटका छनोटका रुपमा रहेका २ वटा सिरिज स्थगीत गरेको छ । कोरोना माहामारीको कारण देखाउदै आईसीसीले विश्वकप छनोट अन्र्तगत रहेको लिग टु र अण्डर १९ क्रिकेट वल्र्डकप रिजनल छनोट स्थगीत गरेको हो । नामिबियामा हुने लिग टु को दोस्रो सिरिज सेप्टेम्बरमा हुने तालिका थियो । जसमा नामिबिया, पपुवा न्यु गीनी र अमेरिकाले प्रतिस्पर्धा गर्ने तय गरिएको थियो । यसअघि नामिबियामा हुने पहिलो सिरिज पनि कोरोनाकै कारण रोकिएको थियो ।
त्यस्तै तान्जानियामा अगष्टमा हुने भनिएको उमेर समुहको छनोटमा आयोजकसंगै बोट्स्वाना, केन्या, मोजाम्बिक, रुबान्डा र सियरा लियोनले प्रतिस्पर्धा गर्ने तालिका थियो ।
कोरोना माहामारीका कारण प्रतियोगीता गर्न असंभव भएको भन्दै आईसीसीले दुबै सिरिज रोकेको जनाएको छ । माहामारीका कारण रोकिएको लिग टु को यो पाँचौ सिरिज हो । यसअघि अमेरिका, नामिबिया, पपुवा नयु गीनी र स्कटल्याण्डमा हुने सिरिज रोकिसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?