Logo

कतारबिरुद्ध नेपाली टोलीको कमानी दिपेन्द्रले गर्ने

ई-खेलकुद २०७७ माघ १८ , आईतबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । कतारसंगको टि–२० सिरिजमा नेपाली टोलीको कमानी दिपेन्द्रसिंह ऐरीले गर्ने भएका छन् । नियमित कप्तान ज्ञानेन्द्र मल्लसहित सिनियर खेलाडीलाई आराम दिएर घोषणा गरिएको टोलीलाई उपकप्तान ऐरीले सम्हाल्ने भएका हुन् । कतार स्पोर्टस डे का अवसरमा हुने ३ म्याचको सिरिजका लागि १८ खेलाडी अहिले प्रशिक्षणमा रहेका छन् ।
ज्ञानेन्द्रसंग पुर्बकप्तान पारस खड्का, शरद भेषावकर, बसन्त रेग्मी, आरिफ शेख, सन्दिप लामिछाने, ललितनारायण राजवंशी टोलीमा नरहेपछि टोलीको कप्तानीको जिम्मेबारी ऐरीलाई दिईएको हो ।
टोलीमा सिनियर खेलाडीका रुपमा विनोद भण्डारी,सोमपाल कामी र करण केसी रहनेछन् । नेपाल र कतारबिचको पहिलो खेल फेब्रुअरी ९ मा हुनेछ । १० मा दोस्रो र १२ तारिखमा तेस्रो खेल हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
कतार भ्रमणमा नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोर पनि सहभागी हुने छैनन् । भिषा प्रक्रियाका कारण उनको भ्रमण रोकिएको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?