Logo

उपाधिका लागि आर्मीले एपीएफलाई दियो २ सय १२ रनको चुनौती

ई-खेलकुद २०७७ माघ १७ , शनिबार १२:०१ मा प्रकाशित

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगीताको फाईनलमा त्रिभुवन आर्मीले नेपाल एपीएफसामु २ सय १२ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको एपीएफले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २ सय ११ रनको मध्यम योगफल तयार पारेको हो । हरि बहादुर चौहानले सर्बाधिक ५८ रन बनाएको ईनिङसमा राजेश पुलामी मगरले २८ रन बनाए । सहाव आलमले अबिजित २५ ,लोकेश बमले १५, सुसन भारी र रोहित कुमार पौडेलले समान १३ रन जोडे । अनिल मण्डलले ११ रन बनाए ।
एपीएफका अबिनाश बोहोराले ४, किशोर महत्तोले २ तथा शरद भेषावकर, कमलसिंह ऐरी र भुवन कार्कीले समान एक विकेट लिए ।
३ विभागीय र ७ प्रदेशका टोलीको सहभागीता रहेको प्रतियोगीताको उपाधि विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैया प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?