Logo

ईण्डियाबिरुद्ध ईङल्याण्डको शानदार जित

ई-खेलकुद २०७७ फागुन २९ , शनिबार ०६:०३ मा प्रकाशित

एजेन्सी । ईण्डियाबिरुद्धको पहिलो टि–२० क्रिकेटमा भ्रमणकारी टोली ईङल्याण्ड विजयी भएको छ । अहमदावादमा गएराती घरेलु टोली ईण्डियालाई ८ विकेटले हराउदै ईङल्याण्डले ५ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । ईण्डियाले दिएको १ सय २५ रनको सामान्य चुनौती ईङलिश टोलीले २७ बल अगावै २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा जासन रोएले ४९ र जस बटलरले २८ रनको योगदान गरे । जोनी ब्रेस्टो २६ र डाविड मलान २४ रनमा अबिजित रहदै टोलीलाई शानदार जित दिलाए । ईण्डियाका युजवेन्द्र चहाल र वासिन्टन सुन्दरले समान एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय २४ रनको सामान्य योगफल तयार पारेको थियो । श्रेयस ऐरले सर्बाधिक ६७ रन बनाएको उसको ईनिङसमा रिषब पन्तले २१ र हार्दिक पाण्डेयाले १९ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ईङल्याण्डका जोफ्रा आर्चरले ३ तथा आदिल रसिद, मार्क उड, क्रिस जोर्डन र वेन स्टोक्सले समान एक विकेट लिए । यी दुई राष्ट्रबिचको दोस्रो टि–२० क्रिकेट अहमदवादमा भोली हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?