Logo

अन्डर–१९ राष्ट्रिय क्रिकेट : प्रदेश दुई र सुदुरपश्चिम विजयी

ई-खेलकुद २०७८ मंसीर १२ , आईतबार ०६:११ मा प्रकाशित

काठमाडौं । १९ बर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगीतामा प्रदेश दुई र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् । आज भएको खेलमा प्रदेश दुईले वागमती प्रदेशलाई ६ विकेटले हराउदै प्रतियोगीताको दोस्रो जित दर्ता गरेको हो । उसको जितमा सन्तोष कार्कीले शतकीय ईनिङस खेले । वागमतीले दिएको २ सय ५४ रनको लक्ष्य प्रदेश दुईले ४१ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । कार्कीले १ सय ११ र कप्तान विवेक यादवले ८६ अबिजित ८६ रन बनाएपनि उसले सहजै लक्ष्य भेटेको हो । रोहन विकले २६ रन बनाए । बागमतीका लागि तिलक भण्डारीले २ तथा प्रतिज जिसी र प्रशान्त महतले एक–एक विकेट लिए । यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले ४९ दशालव ३ ओभरमा २ सय ५३ रन बनाउदै अलआउट भएको थियो । वागमतीका लागि स्वप्निल अधिकारीले सर्वाधिक ८५ रन बनाए । विपिन शाहीले ५९ रन जोडे । प्रदेश दुईका प्रदिप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले एक–एक विकेट लिए ।
आजै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो । जारी प्रतियोगीतामा सुदुरपश्चिमको यो पहिलो जित हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ६७ रनको सामान्य लक्ष्य उसले १२ दशमलव १ ओभरमा बिना विकेट पुरा गर्यो । सुदुरपश्चिमको जितमा खड्ग बोहराले अविजित ४१ र नरेश भट्टले १६ रनको योगदान गरे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली १६ दशमलब ५ ओभरमा ६६ रनमा समेटिएको थियो । कर्णालीलाई झिनो रनमा समेट्न सुदुरपश्चिमका शेर मल्ल, नारायण जोशी र आकाश चन्दले समान तीन–तीन विकेट हात पारे ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?