Logo

स्पोर्टस अवार्डको मनोनयनमा सागका पदकधारीको बर्चश्व

ई-खेलकुद २०७७ पुस २१ , मंगलबार ०६:०१ मा प्रकाशित

काठमाण्डौ । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मङ्गलबार सार्वजनिक गरिएको विभिन्न ४ विधाको मनोनयनमा पर्नेमा सबै १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता छन् । १७ औं संस्करणको सो अवार्डका लागि वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्षका पुरुष खेलाडीको मनोनयमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोको कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ छन् । वर्षकी महिला खेलाडीको मनोनयमा करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी सिंह र ट्रायथलनकी सोनी गुरुङ छिन् ।

वर्षका युवा खेलाडीको मनोनयनमा तेक्वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोका सिना लिम्बू र गल्फका सुवास तामाङ छन् । वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने अवार्ड कार्यक्रम अर्को साता हुँदैछ । मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो ।

२०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताउनु भयो ।

आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?