Logo

स्पेन भ्रमणको बन्द प्रशिक्षणमा २० क्रिकेटर

ई-खेलकुद २०७८ असार ४ , शुक्रबार ०५:०६ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियाबिरुद्धको सिरिजका लागि २० सदस्सीय प्रारम्भीक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले स्पेनमा हुने सिरिजका लागि टोलीको घोषणा गरेको हो । सिरिजको तयारीका लागि छ्टिटै सुरु हुने बन्द प्रशिक्षणमा उनीहरुलाई राखिएको हो । बन्द प्रशिक्षणबाट अन्तिम टोलीको टुंगो लाग्नेछ ।
क्यानले बोलाएको बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख,पारस खड्का, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल मल्ल रहेका छन् । त्यस्तै विनोद भण्डारी,करण केसी,सन्दीप लामिछाने, सोमपाल कामी, बिक्रम शोब, कमल सिंह ऐरी र अविनाश बोहरा पनि प्रारम्भीक टोलीमा रहेका छन् । युवा खेलाडीहरु पवन सर्राफ,सन्दीप जोरा,शाहब आलम, शुशन भारीसंगै अनुभवी ब्याट्सम्यान शरद भेषवाकर र पृथु बास्कोटाले पनि टोलीमा स्थान बनाएका छन् ।
बन्द प्रशिक्षणका लागि श्रीलंकामा रहेका टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर सोमबार नेपाल फर्किसकेका छन् । केहि दिनभित्रैबाट बन्द प्रशिक्षण सुरु गर्ने क्यानको तयारी छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?