Logo

सेमिफाईनल पुग्न बार्सा ग्रानाडासंग भिड्दै

ई-खेलकुद २०७७ माघ २१ , बुधबार ०३:०२ मा प्रकाशित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबलमा आज क्वार्टरफाईनल चरणका २ खेल हुदैछन् । आज सर्वाधिक धेरै ३० पटकको उपाधि विजेता बार्सिलोनाले ग्रानडासँग खेल्नेछ । ग्रानाडाको मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने १२ बजे सुरु हुनेछ ।
लस केर्मेन्समा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा रहनेछन् । यसअघि बार्सिलोनाले रायो भल्कानोलाई तथा ग्रानाडाले नाभाल्कर्नेरोलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए ।
आजै हुने अर्को खेलमा लेभान्ते र भिल्लारियल आमने सामने हुनेछन् । यी दुई टोलीबिचको खेल भने राती पौने २ बजे हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?