Logo

सन्यास फिर्ता लिने रोबेनको मनसाय

ई-खेलकुद २०७७ वैशाख १५ , सोमबार ०९:०४ मा प्रकाशित

एजेन्सी । नेदरल्याण्डसका स्टार आर्जेन रोबिनले सन्यास फिर्ताको मनासाय बनाएका छन् । १० महिना अघि ब्यबसायिक फुटबलबाट सन्यासको घोषणा गरेका उनले पुन मैदान फर्कने ईच्छा देखाएका हुन् । लामो समय चोट बोकेपछि जर्मन क्लब बार्यन म्युनिखसंगको सम्झौता अगाबै खेल जीवन अन्त्यको घोषणा गरेका थिए । तर पछिल्लो समय उनी पुर्ण रुपमा फिट बनेका छन् ।

बार्यन म्युनिखको पोडकास्टसंगको अन्र्तवार्ताका क्रममा ३५ बर्षिय आर्जेनले मैदान फर्कन आतुर रहेको बताएका हुन् । उनले सन्यास फिर्ता लिने सोचमा आफु पुगेको भन्दै पुरानै लयमा फर्कन सक्ने दाबी समेत गरेकाछन् । रोबेनले स्पेनिस क्लब रियल मड्रिडका साथै पीएसजी र चेल्सीबाट व्यवसायिक फुटबल खेलेका थिए । उनले बायर्नलाई बुण्डेसलिगा र चेल्सीलाई प्रिमियर लिगको उपाधि मात्र दिलाएनन रियल मड्रिडलाई ला लिगाको उपाधि चुमाएका थिए । सन् २०१३ मा बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
उनले दक्षिण अफ्रिकामा सन् २०१० मा भएको बिश्वकप फुटबलमा आफ्नो टोली नेदरल्याण्डसलाई फाइनलसम्म र्पुयाएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?