Logo

संकटा क्लब आहा रारा गोल्डकप च्याम्पियन

ई-खेलकुद २०७७ चैत्र २८ , शनिबार ०६:०४ मा प्रकाशित

पोखरा । संकटा क्लब आहा रारा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । १९ औ संस्करणको उपाधि जित्दै संकटाले आहा रारा गोल्डकपको उपाधिमा आफ्नो नाम लेखाएको हो । पोखरा रंगशालामा आज भएको फाइनलमा पाहुना टोली अफ्रिकन रुट्स एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउदै संकटाले उपाधि उचालेको हो । निर्धारित र थप गरिएको समय एक एक गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टि सुटआउटबाट गरिएको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरे । सरोज दाहालको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए । अफ्रिकनका यानिक र रिमले मात्र गोल गरे । कुइटेको प्रहार बाहिरिदा एम बाकोपको प्रहार संकटाका गोलरक्षकले जोगाएका थिए ।
नियमित खेलमा अग्रता भने खेलको १० औं मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुटलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा ग्लोरीले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा पुर्याए ।
उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ । उपविजेता बनेको अफ्रिकनले नगद ५ लाख १ हजारमा चित्त बुझायो । साहारा क्लबको आयोजनामा भएको प्रतियोगीतामा ८ टोलीको सहभागीता रहेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?