Logo

वेष्टह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा

ई-खेलकुद २०७७ पुस २८ , मंगलबार ०७:०१ मा प्रकाशित

एजेन्सी । वेष्टह्याम युनाईटेड एफ ए कप फुटबलको चौथो चरणमा प्रबेश गरेको छ । तेस्रो चरणको खेलमा गएराती स्टोक पोर्ट काउन्टीलाई १–० ले पराजित गर्दै वेष्टह्यामले अघिल्लो चरणमा स्थान बनाएको हो । क्रेग डाओसनले ८३ औ मिनेटमा हडमार्फत गरेको गोल उसको जितमा निर्णायक बनेको थियो ।

एकपक्षिय खेलमा वेष्टह्यामले पाएका थप अवसर खेर फालेको थियो । गएरातीको खेलसंगै अन्तिम ३२ को समिकरणले पनि पनि पुर्णता पाएको छ । वेष्टह्यामले चौथो चरणमा डोन्कास्टर रोभर्सको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?