Logo

विशाल राई धनगढीको मार्की खेलाडी

ई-खेलकुद २०७७ चैत्र २ , सोमबार ०५:०३ मा प्रकाशित

काठमाण्डौ । नेपाल सुपरलिग (एनएसएल) फ्रेन्चाइज लिगका लागि धनगढी फुटबल क्लबले मार्की खेलाडी सार्बजनिक गरेको छ ।
धनगढीले राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडी तोकेको हो । गो ड्रिमर्सको स्वामित्वमा टिम धनगढीले आज आयोजित एक कार्यक्रमका बिच राष्ट्रिय टोलीका महत्वपुर्ण खेलाडी विशाललाई मार्की खेलाडीका रुपमा सार्बजनिक गरेको हो । राईले पछिल्लो पटक मछिन्द्र क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनले मनाङ मर्स्याङ्दी क्लबाट पनि खेलेका थिए । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध राष्ट्रिय जर्सीमा डेब्यु गरेका विशालले नेपाली राष्ट्रिय टिमबाट १९ खेल खेलेका छन् र ३ गोल गरेका छन् । फ्रेन्चाईजले एक मार्की खेलाडी राख्न पाउने प्रावधान अनुसार विशाललाई राखिएको धनगढी एफसीले जनाएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टको आयोनामा आगामी वैशाख ११ गतेदेखि सुरु हुने एनएसएलमा विभिन्न शहरका ७ फ्रेन्चाइज टिमले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगीतामा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?