Logo

विराट गोल्डकप चैत्र अन्तिम साताबाट

ई-खेलकुद २०७७ फागुन १ , शनिबार ०६:०२ मा प्रकाशित

विराटनगर । विराट गोल्डकपको छैटौ संस्करण चैत अन्तिम साताबाट हुने भएको छ । प्रतियोगीताको आयोजक विराट गोल्डकप ट्रष्टले चैत अन्तिम साताबाट रात्रिकालीन विराट गोल्डकप आयोजना गर्ने जनाएको हो ।

गोल्डकप आयोजनाका लागि समिति पनि गठन गरिएको छ । व्यवसायी मनोजविक्रम शाहको संयोजकत्वमा गोल्डकप आयोजक समिति गठन भएको हो । संयोजक शाहले प्रतियोगीता चैत अन्तिम साताबाट गर्ने गरी तयारी भईरहेको बताउनुभयो ।

प्रतियोगीता रात्रीकालिन सत्रमा खेलाईने शाहले बताउनुभयो । प्रतियोगितामा दशवटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पुरस्कार राशि तोकिएको छैन ।

तीन वर्षअघि अस्थायी फ्लड लाइट राखेर विराट गोल्डकप आयोजना गरिएको थियो । यसपटक भने स्थायी फ्लड लाइटमा गोल्डकप आयोजना गरिनेछ । खेल आयोजना हुने सहिद रङ्गशालामा ‘फ्लड लाइट’ जडान भइसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?