Logo

लिड्स युनाईटेड प्रिमियर लिगमा बढुवा

ई-खेलकुद २०७७ साउन ३ , शनिबार ०२:०७ मा प्रकाशित

एजेन्सी । लिड्स युनाइटेडले आगामी सिजनको इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ च्याम्पियनसिप अन्र्तगत गएराती भएको खेलमा हर्डसफिल्ड टाउनले वेष्टब्रोमलाई २–१ ले हराएसंगै लिड्स प्रिमियर लिगमा बढुवा भएको हो ।
अघिल्लो सिजन तेस्रो स्थानमा रहेर प्लेअफबाट बाहिरिएको लिड्स १६ बर्षपछि प्रिमियर लिगमा फर्किएको हो । हारका बाबजुत दोस्रो स्थानको वेष्टब्रोमको पनि प्रिमियर लिग फर्कन संभावना बलियो रहेको छ ।
जारी सिजनको च्याम्पियनसिपमा ८७ अंक जोडेको लिड्स उपाधिको संघारमा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?