Logo

ला-लिगा आज सुरु हुदै, उद्घाटन खेलमा आईबर र सेल्टा भिड्ने

ई-खेलकुद २०७७ भदौ २७ , शनिबार ०६:०९ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन आज सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आईबर र सेल्टा डि भिगो प्रतिस्पर्धा गर्नेछन् । आईबरको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राती पौने ८ बजे सुरु हुनेछ ।
आजै थप २ खेल पनि हुनेछन् । आजै राती सवा १० बजे एथ्लेटिको बिल्बाओ र ग्रानाडा तथा ओसासुना र नबप्रबेशी काडिज प्रतिस्पर्धा गर्नेछन् ।
ला लिगामा भोली विभिन्न ६ खेल हुनेछ । भोली डिफेण्डिङ च्याम्पियन रियल मड्रिड, बार्सिलोना, गेटाफे लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछ । सिजनको पहिलो एलक्लासीको भिडन्त अक्टोबर २५ मा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?