Logo

युभेन्टस ईन्टरसंग पराजित, नापोलीको शानदार जित

ई-खेलकुद २०७७ माघ ५ , सोमबार ०८:०१ मा प्रकाशित

एजेन्सी । ईटालियन सिरि ए फुटबलका पछिल्ला खेलमा ईन्टर मिलान,नापोली र क्रोटोन विजयी भएका छन् । साविक विजेता युभेन्टसलाई २–० ले हराउदै ईन्टर मिलानले शीर्ष टोली एसी मिलानसंग अंक बराबरी गरेको हो । यद्यपी गोलअन्तरमा ईन्टरपछि रहदै तालिकाको दोस्रो स्थानमा कायम छ । ईन्टरको जितमा अर्तुरो भिडाल र निकोलो बारेल्लाले गोल गरे । १२ औ मिनेटमा भिडालको गोलमा अग्रता बनाएको ईन्टरका लागि बारेल्लाले ५२ औ मिनेटमा अर्को गोल थपेका थिए । १८ खेलबाट ४० अंक जोडेको ईन्टर तेस्रो स्थानको नापोली भन्दा ६ अंकले अघि छ ।
नापोलीले गएराती फियोरेन्टिनालाई ६–० को फराकिलो अन्तरले हरायो । यो जितसंगै उसले समान अंक भएको रोमालाई गोल अन्तरमा पछि पार्दै ईन्टर तेस्रो स्थानमा पुगेको हो । बेनेभेन्टोलाई ४–१ को जित निकाल्दै क्रोटोनले पनि तालिकामा अंक् थपेको छ । गएरातीका अन्य २ खेल भने बराबरीमा सकिएका छन् । सासुउलो र पार्माले एक एक गोलको बराबरी खेल्दा एटलान्टा भने जिनोआसंग गोलरहित बराबरीको नतिजामा सिमित बन्यो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?