Logo

भलिबल टोलीको प्रशिक्षण कात्तिक २८ गतेबाट

ई-खेलकुद २०७८ कात्तिक २४ , बुधबार ०३:११ मा प्रकाशित

काठमाडौं । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्याम्पियनसिपको लागि नेपालले कात्तिक अन्तिमदेखि प्रशिक्षण सुरु गर्ने भएको छ । नेपाल भलिबल संघका अनुसार टोलीको प्रशिक्षण कात्तिक २८ गतेबाट सुरु हुनेछ ।

संघले प्रशिक्षणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सेन्ट्रल जोनमा नेपालको महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दैछ । सेन्ट्रल जोनका लागि महिलातर्फ फिलिपिन्समा एसियन च्याम्पियन्ससिपका लागि क्लोज क्याम्पमा रहेका १८ खेलाडीलाई प्रशिक्षणमा राख्ने संघको तयारी छ ।

पुरुषतर्फ भने एनभिए क्लब च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरिनेछ । सेन्ट्रल जोनमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आउने भएका छन् । यद्यपी संघले प्रशिक्षकको विवरण सार्बजनिक गरेको छैन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?