Logo

भलिबल टिमकी कप्तान अरुणा शाही सम्मानित

ई-खेलकुद २०७८ मंसीर ४ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही सम्मानित भएकी छिन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शाहीलाई ५० हजार नगद सति सम्मान गरेको हो । नेपाली भलिबलमा शाहीले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।
एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, नेपाल भलिबल संघका पदाधिकारीको उपस्थितीमा शाहीलाई सम्मान गरिएको हो । नगदसँगै उनलाई बिभिन्न उपहार सामाग्री पनि प्रदान गरिएको थियो । अरुणाको कप्तानीमा नेपालले बंगलादेशको ढाकामा भएको एसियन सिनियर महिला सेन्ट्रल जोन भलबलमा स्वर्ण तथा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत पदक जितेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?