Logo

बेलबारी गोल्डकप फुटबलको उपाधिका लागि रोयल क्लब र धरान एफसी भिड्दै

ई-खेलकुद २०७६ असोज ११ , शनिबार ०७:०९ मा प्रकाशित

मोरङ । बेलवारीमा जारी तेस्रो संस्करणको लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज रोयल क्लब सिलिगुढि भारत र धरान एफसी सुनसरीबिच प्रतिस्पर्धा हुदैछ । उपाधि भिडन्त लक्ष्मीमार्गस्थित स्थानिय विद्यालयको खेल मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ । सेमिफाइनलमा रोयलले विभागीय नेपाल एपीएफलाई तथा धरानले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउदै उपाधि यात्रा तय गरेका हुन् ।
डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा १ विदेशी सहित ८ टोली सहभागी छन् । गोल्डकपको उपाधि विजेताले ५ लाख रुपैया हात पार्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?