Logo

बुण्डेश लिगा आज सुरु हुदै, उद्घाटन खेलमा बायर्न र साल्के भिड्दै

ई-खेलकुद २०७७ असोज २ , शुक्रबार ०८:०९ मा प्रकाशित

एजेन्सी । जर्मन बुन्डेसलिगाको नयाँ सिजन आजरातीबाट सुरु हुदैछ । सिजनको उद्घाटन खेलमा नेपाली समयानुसार राती सवा १२ बजे बायर्न म्युनिख र साल्के प्रतिस्पर्धा गर्नेछन् । डिफेण्डिङ च्याम्पियन बायर्न घरेलु मैदानमा सिजनको सुखद सुरुवात गर्ने योजनामा रहदा साल्केपनि बलिाये टोलीलाई उसैको मैदानमा हराउने योजनामा छ ।
उत्कृष्ट लयमा रहेका बायर्नका खेलाडी नयाँ सिजन थप उर्जासहित मैदान उत्रनेछन् । प्रिमियर लिगबाट जर्मन पुगेका लेरोई सानेले आज बार्यनको टोलीमा डेब्यस गर्ने संभावना छ । रोबर्ट लेबान्डोस्की, थोमस मुलर,जोसुवा किमिच र सर्जी जिनाब्री बार्यनका मुख्य हतियारका रुपमा रहनेछन् ।
अघिल्लो सिजनका दुबै भेटमा भोगेका हारके बदलासंगै नयाँ सिजनमा विजयी सुरुवात गर्ने साल्केको योजना छ । यि दुई टोली हालसम्म २७ पटक आमनेसामने हुदा २१ पटक बायर्न र ३ पटक साल्के विजयी भएको छ । बाँकि ३ खेल भने नतिजाबिहिन भएका छन ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?