Logo

बि डिभिजन लिग फागुन ११ बाट

ई-खेलकुद २०७७ पुस ८ , बुधबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । कोरोना भाइरस महामारीका कारण रोकिएको सहिद स्मारक बि डिभिजन लिग फुटबल फागुन तेस्रो साता सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन ११ गतेबाट गर्ने निर्णय गरेको हो । एन्फाले आज बी डिभिजन क्लबका प्रतिनिधिसँग छलफल गर्दै रोकिएको लिग सञ्चालनको मिती तय गरेको हो ।
लिग गर्ने विषयमा सबै पक्ष एकमत भए पनि आर्थिक पक्ष र स्वास्थ्यको विषयमा प्रश्न उठेको थियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा महासचिव इन्द्रमान तुलाधरले क्लबका प्रतिनिधिले उठाएको प्रश्नको उत्तर दिएका थिए । गत १८ मार्चमा कोरोनाका कारण बि डिभिजन लिग स्थगित भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?