Logo

बिराट कोहलीलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना

ई-खेलकुद २०७७ असोज ९ , शुक्रबार ०८:०९ मा प्रकाशित

एजेन्सी । रोयल च्यालेन्जर्स बैङलोरका कप्तान बिराट कोहलीलाई १२ लाख भारतीय रुपैया जरिवाना गरिएको छ । गएराती किङग्स एलाभेन पञ्जावबिरुद्धको खेलमा उनको टोलीले स्लो ओभर रेटमा बलिङ गरेको भन्दै कप्तान कोहलीलाई जरिवाना गरिएको हो ।
बैङलोरका बलरले स्लो रेटमा बल फालेपछि आईपीएल आयोजकले कप्तान कोहलीलाई जरिवाना गराएको हो । सो खेलमा कोहलीको टोली पञ्जावसंग ९७ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?