Logo

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाईनलमा

ई-खेलकुद २०७७ भदौ ४ , बिहीबार ०७:०८ मा प्रकाशित

एजेन्सी । बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रबेश गरेको छ । गएराती भएको दोस्रो सेमिफाईनलमा लियोनलाई ३–० ले हराउदै बायर्नले पिएसजीसंगको उपाधि भेट पक्का गरेको हो ।
पोर्चुगलको लिस्बोनस्थित स्टेडियो जोसे अल्भालाडेमा बायर्नलाई जिताउन सर्जी ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । १८ औं मिनेटमा ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा उनैले दोस्रो गोल गरेपछि बायर्न २–० को अवस्थामा पुग्यो । खेलको अन्तिम समयमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई सहज जित दिलाए । बायर्न र पिएसजीबिचको उपाधि भिडन्त अगष्ट २३ मा हुनेछ ।
पीएसजीले मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लाइपजिगमाथि ३–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?