Logo

बाग्मती गोल्डकप फुटबलको दोस्रो सेमिफाईनलमा संकटा र जावलाखेल युथ क्लब भिड्दै

ई-खेलकुद २०७६ फागुन १० , शनिबार ११:०२ मा प्रकाशित

मकवानपुर । मकवानपुरमा जारी बाग्मती गोल्डकप फुटबल प्रतियोगीताको दोस्रो सेमिफाईनलमा संकटा क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुदैछ । बाग्मती गाउँपालिकास्थित फापरबारीमा रहेको मिनि स्टेडियममा दिउँसो सवा ३ बजे यी दुई टोलीबिचको सेमिफाईनल भिडन्त सुरु हुनेछ । ए डिभिजन लिगका यी दुई टोली एकअर्काबिरुद्ध मैदान उत्रदा दुबैको नजर फाईनल प्रबेश गर्नु नै हुनेछ । आजको विजेताले गोल्डकपको उपाधिका लागि हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा च्यासल युथ क्लबलाई २–१ ले हराउदै शेर्पाले उपाधि यात्रा तय गरेको हो । गोल्डकपको उपाधि विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?