Logo

बंगलादेश क्रिकेट टोलीको प्रशिक्षण सुरु

ई-खेलकुद २०७७ साउन ५ , सोमबार ०८:०७ मा प्रकाशित

एजेन्सी । बंगलादेश क्रिकेट बोर्डले क्रिकेट खेलाडीको व्यक्तिगत प्रशिक्षण सुरु गरेको छ । कोरोना माहामारीका कारण मार्च १६ पछि पहिलो पटक बंगलादेशी टोली मैदान उत्रिएको हो । ढाका स्थित शेर बंगला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिलो चरणमा टोलीका ९ सदस्य प्रशिक्षणमा उत्रिएको बिसीबीले जनाएको छ । व्यक्तिगत प्रशिक्षणका लागि बोर्डले खेलाडीहरुलाई छुट्टाछुट्टै रंगशालामा जान तालिका नै निर्धारण गरेको छ । ढाकामा मुस्फिकर राहिम, ईमरुल काएस, महम्मद मिथुन, साफिउल ईस्लाम लगायतका खेलाडी प्रशिक्षणमा जुट्नेछन् ।

सेलेटमा सायद खलिद अहमद, नसुम अहमद लगायतले प्रशिक्षण गर्नेछन् । मेहेन्दी हसन र नरुल हसन लगायत टोलीका सदस्यले खुल्नामा तथा नाईम हसन लगायतका केहि खेलाडीले चटगावमा व्यक्तिगत प्रशिक्षण सुरु गरेका छन् ।
बोर्डले बिभिन्न ४ स्टेडियममा खेलाडीको छुट्टाछुट्टै प्रशिक्षण सुरु गरेको जनाएको छ । मैदानमा खेलाडी बाहेक अन्यलाई प्रबेश निशेध गर्दै स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराएर प्रशिक्षण थालिएको बोर्डले जनाएको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?