Logo

फ्रेन्च लिग कपपको उपाधिका लागि पिएसजी र लियोन भिड्दै

ई-खेलकुद २०७७ साउन १६ , शुक्रबार ०३:०७ मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग कप फुटबलको उपाधिका लागि आज राती पेरिस सेन्ट जर्मेन पिएसजी र लियोनबिच प्रतिस्पर्धा हुदैछ । नेपाली समयानुसार राती १२ः५५ मा फाईनल खेल सुरु हुनेछ । आफ्नो घरेलु मैदानमा हुने खेलमा पिएसजी सिजनको तेस्रो उपाधि जित्ने दाउमा हुनेछ ।
फ्रेन्च कप र लिग वानको उपाधि जितिसकेको पिएसजी नवौ पटक लिग कपपको उपाधि उचाल्ने दाउमा छ ।
सन् २०१४ यता लगातार उपाधि जित्दै आएको पिएसजी अघिल्लो बर्ष भने उपाधिबाट बञ्चित भएको थियो । अघिल्लो सिजन स्ट्रार्सबर्गले उपाधि उचालेको थियो । लियोन भने पीएसजीलाई उसैको घरेलु मैदानमा हराउदै दोस्रो पटक लिग कपको उपाधि जित्ने दाउमा छ । पीएसजीले सेमिफाइनलमा रेम्स तथा लियोनले लिलीलाई हराउँदै फाईनलमा स्थान बनाएका हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?