Logo

फुटबल टोली आज स्वदेश फर्कदै

ई-खेलकुद २०७८ जेठ ३० , आईतबार ०८:०६ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेतमा रहेको टोली आज साँझ काठमाण्डो आईपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । छनोटका तीन खेलसंगै नेपालले बलियो टोली ईराकसंग मैत्रीपुर्ण खेल समेत खेलेको थियो ।
३६ सदस्सीय टोली कतारको दोहाहुदै काठमाण्डौ आउने एन्फाले जनाएको छ । कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग प्रतिस्पर्धा गरेको थियो । ताईपेईलाई सहजै हराएको नेपालले जोर्डन र अष्ट्रेलिया दुबैसंग समान ३–० को हार भोगेको थियो ।
छनोटको समूह बीमा रहेको नेपालले ८ खेलमा ६ अंक जोड्यो । नेपालले चौंथो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । नेपालको प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना बाँकी छ ।
टोलीमा मुख्य प्रशिक्षकका रुपमा अब्दुल्लाह अलमुताईरीको आगमनपछि नेपालले पहिलो विदेश भ्रमण गरेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?