Logo

प्रिमियर लिग आज सकिदै, आज सबै टोली प्रतिस्पर्धामा उत्रने

ई-खेलकुद २०७७ साउन ११ , आईतबार ०९:०७ मा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल आज सकिदैछ । अन्तिम दिन आज ३८ औ चरणका १० खेल हुदैछन् । नेपाली समयानुसार राती पौने ९ बजे प्रिमियर लिगका सबै टोली प्रतिस्पर्धामा उत्रनेछन् । यसअघि नै लिगको उपाधि जितिसकेको लिभरपुलले अन्तिम खेलमा न्यु क्यासल युनाईटेडसंग खेल्नेछ । दोस्रो स्थानको म्यानचेष्टर सिटि नर्बिच सिटिसंग प्रतिस्पर्धामा रहनेछ । तेस्रो स्थानमा म्यानचेष्टर युनाईटेड र चेल्सीको तिब्र प्रतिस्पर्धा रहेको छ । आजको खेलले सो स्थानमा रहने टोली टुंगो लगाउनेछ । युनाईटेडले लेष्टर सिटि तथा चेल्सीले वुल्भरहेम्प्टनको सामना गर्नेछन् ।
अन्य खेलहरुमा आर्सनल र वाटफोर्ट, बर्नली र ब्राईटन एण्ड होभ एल्बियन, टटनह्याम र क्रिष्टल प्यालेस, बर्नमाउथ र एभर्टन, साउथ हेम्प्टन र सेफिल्ड युनाईटेड तथा वेष्टह्याम र एष्टन भिल्ला प्रतिस्पर्धा गर्नेछन् ।
लिभरपुलले सिजनको उपाधि जित्दा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने निश्चित भइसकेको छ । शीर्ष चार स्थानमा रहन चेल्सी, लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड तिब्र प्रतिस्पर्धामा छन् । च्याम्पियन्स लिग खेल्न चेल्सीलाई १ अंक पर्याप्त हुनेछ । म्यान युनाईटेड र लेष्टरबिचको खेलले अर्को टोली टुंगो लगाउनेछ ।
यो सिजन नर्बिच रेलिगेशनमा परिसकेको छ । अन्य २ टोलीपनि आजको खेलले निर्धारण गर्नेछ । बर्नमाउथ, वाटफोर्ड र एस्टन भिल्ला मध्ये २ टोली यो सिजन रेलिगेशनमा पर्ने निश्चित छ । ३१ अंकमा तालिकाको १९ औ स्थानमा रहेको बर्नमाउथ बाहिर निस्कने संभावना न्युन छ । समान अंक भएका वाटफोर्ट र एष्टन भिल्लाको नतिजाले पनि त्यसमा अर्थ राख्दछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?