Logo

प्रदेश दुई सरकारले एन्फा एकेडेमीमा क्वारेन्टाईन निर्माण, ३६ जना बस्दै

ई-खेलकुद २०७६ चैत्र १५ , शनिबार ११:०३ मा प्रकाशित

काठमाण्डौ । प्रदेश दुई सरकारले रौतहटको चपुरस्थित एन्फा एकेडेमीको हलमा क्वारेन्टाईन निर्माण गरेको छ । भारतबाट फर्किएकालाई राख्नका लागि ३६ जना क्षमताको क्वारेन्टाईन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । त्यहा“ अहिले ३६ जनालाई क्वारेन्टाईनमा राखीएको छ ।

एन्फाले आफु माताहतका भौतिक पुर्बाधार कोभिड १९ को रोकथामका लागि प्रयोगमा दिने निर्णय गरेसंगै प्रदेश दुई सरकारले महिला एकेडेमीको हलमा क्वारेन्टाईन स्थल निर्माण गरेको हो । त्यहा रहेहकाहरुलाई प्रदेश सरकार र बिश्व फुटबलको सर्बोच्च निकाय फिफाबाट प्राप्त सहयोग प्रदान गरिएको छ ।
कोरोनाको सक्रमण विश्वब्यापी रुपमा बढ्दै जादा नेपालमा पनि ४ जनामा त्यसको सक्रमण पुष्टि भईसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?