Logo

पेलेले लगाए कोरोनाबिरुद्धको खोप

ई-खेलकुद २०७७ फागुन १९ , बुधबार ०८:०३ मा प्रकाशित

एजेन्सी । ब्राजिलियन लिजेन्ड खेलाडी पेलेले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ब्राजिलमा हिजो पेलेले कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाएका हुन् । ८० वर्षीय पूर्वस्ट्राइकर जेष्ठ नागरिक भएकाले प्राथमिकताको पहिलो सुचीमा परेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन– कि मैले खोप पाएको छु’,महामारी सकिएको छैन । हामीले अनुशासन कायमै राख्नुपर्छ, जबसम्म सबैले कोरोनाविरुद्धको खोप पाउँदैनन् ।’ ब्राजिल कोरोनाबाट सर्वाधिक धेरै प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा छ । ब्राजिलमा कोरोनाबाट दुई लाख ५६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?