Logo

पीएसजी पाँचौ जितको खोजीमा

ई-खेलकुद २०७७ असोज ३० , शुक्रबार ०५:१० मा प्रकाशित

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा आज २ खेल हुदैछन् । आजको पहिलो खेलमा राती पौने १ बजे साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्ससंग खेल्दैछ । सातौं खेल खेल्न लागेको पिएसजी पाँचौ जितको खोजीमा रहेको छ । निम्सको मैदानमा हुने खेलमा घरेलु टोली तेस्रो जितसंगै तालिकामा कम्तीमा ८ स्थान सुधार गर्ने योजनामा रहेको छ । निम्स ८ अंकमा तालिकाको १३ औ स्थानमा छ । पिएसजी भने १२ अंकमा तालिकाको चौथो स्थानमा छ । आज जित निकाल्न सके पीएसजी कम्तीमा तालिकाको दोस्रो स्थानमा पुग्नेछ ।
ऋाजको पहिलो खेलमा राती पौने ११ बजे डिजोन र रेन्नेसले पनि खेल्दैछन् । डिजोनको मैदानमा हुने खेलमा शीर्ष स्थानको रेन्नेसले पुछारको डिजोनसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?