Logo

पिएसएलको ड्राफ्टमा १० नेपाली क्रिकेटर

ई-खेलकुद २०७७ पुस २५ , शनिबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा १० नेपाली क्रिकेटर परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले आज सार्बजनिक गरेको खेलाडीको सुचीमा पुर्ब कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित १० खेलाडी परेका हुन् । पीसीएलको ड्राफ्ट भोली हुनेछ । नेपाली लेगस्पिनर सन्दिप लामिछाने प्लाटिनम श्रेणीमा रहेका छन् । अन्य ९ खेलाडी सिल्भर श्रेणीमा रहेका छन् ।
पारस र ज्ञानेन्द्रसंगै राष्ट्रिय टोलीका उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् ।
ड्राफ्टमा एउटा टोलीले कम्तीमा १६ र बढिमा १८ खेलाडी राख्न पाउनेछन् । हरेक टोलीले प्लाटिनम, डाइमन्ड, र गोल्ड क्याटेगोरीका तीन तीन खेलाडी अनुबन्ध गर्नुपर्ने नियम रहेको छ । प्लेइङ ११ मा एउटा टोलीले कम्तिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने गर्दछन् । २० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा छन् । पिएसएल २०२१ फेब्रुअरी २० देखी मार्च २२ सम्म लाहोर र कराँचीमा हुने छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?