Logo

नेदरल्याण्ड्स र नामिबिया टी–२० विश्वकपका लागि छनोट

ई-खेलकुद २०७६ कात्तिक १३ , बुधबार ०७:१० मा प्रकाशित

एजेन्सी । नेदरल्याण्ड्स र नामिबिया अष्ट्रेलियामा अर्को बर्ष हुने टी–२० विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । युएईमा जारी ग्लोबल क्वालिफायर अन्तर्गत गएराती नेदरल्याण्ड्सले आयोजक युएईलाई तथा नामिबियाले ओमानलाई हराउदै अष्ट्रेलियाको टिकट काटेका हुन् । युएईले दिएको ८१ रनको चुनौती नेदरल्याण्ड्सले १५ दशमलब २ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । नामिबियाले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफि ब्याटिङमा उत्रिएको ओमान ५ बल अगावै १ सय ७ रनमा समेटिएपछि नामिबिया ५४ रनले बिजयी बन्यो ।
जारी प्रतियोगिताबाट पपुवा न्यु गीनी, आयरल्याण्ड, नामिबिया र नेदरल्याण्ड्सले टी–२० विश्वकपमा स्थान बनाईसकेका छन् । तेस्रो र चौथो क्वालिफाईङ प्ले अफबाट बाँकि २ टोलीको टुंगो लाग्नेछ । तेस्रो क्वालिफाईङ प्लेअफमा युएई र स्कटल्याण्ड तथा चौथोमा हङकङ र ओमानबिच प्रतिस्पर्धा हुनेछ ।
सेमिफाइनल खेलमा भने नेदरल्याण्ड्स र आयरल्याण्ड तथा पपुवा न्यु गीनी र नामिबियाबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?